माघ ५ रोल्पा – एक महिलाले आफ्नै श्रीमानकाे हत्या गरेकी छन।
सुनछहरी गाउँपालिका वडा नं.६ झिरबाङकी ४१ वर्षिया मिना पुन मगरले ४५ वर्षीय श्रीमान काले पुन मगरको मङगलबार बेलुका करिब ५ बजेतिर हँसिया र ढुङ्गा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
मृत अवस्थामा घर देखि नजिकैको बारीमा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे लगत्तै ईलाका प्रहरी कार्यालय सुलिचौरबाट अनुसन्धान टाेली सहित प्रहरी निरीक्षक लक्ष्मण ओलीकाे कमान्डमा खटिएको प्रहरी टाेली घटनास्थल पुग्दा मृतक कालेकाे शव छाती देखि माथि ढुङ्गाले छाेपेकाे अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले बताए
प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्त मिनाकाे केही वर्ष यता देखि मानसिक सन्तुलन ठिक नभएकाे पाइएको छ। शवकाे पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल रेउघा पठाएकाे र मिनालाई प्रहरीले पक्राउ गरेर म्याद थप गरि ज्यान मार्ने कसुरमा मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।