माघ ५ काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतमा रहेका तिनै तहका ७८ वटा अस्पतालबाट कोभिड–१९ केअर यूनिट सञ्चालन गरेकाे छ।

माघ २ मा सरकारले जारी गरेकाे नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोरोना महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ अनुसार आवश्यक परे पछि थप गर्ने गरि तत्कालकाे लागि ७८ वटा अस्पतालबाट कार्यन्वयन हुने गरि केअर युनिट सञ्चालन गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उक्त अस्पतालमा गए जाे काेहिले पनि निःशुल्क उपचार पाउने छन। सरकारले तोकेका अस्पताल वा आइसोलेशन सेन्टरमा नि:शुल्क सेवा लिनका लागि बिरामीमा कोभिड पुष्टिकाे आधिकारिक प्रमाण अनिवार्य गरिएको छ।

सङ्क्रमित भएपछि आइसोलेशनमा बस्न चाहाने वा उपचार गर्ने बिरामीलाई सरकारले तोकेका अस्पतालमा गए उनीहरूको उपचार नि:शुल्क हुने तर याे सेवा सरकारी अस्पतालहरु जिल्ला, प्रदेश र संघ गरि तिनै तहका सरकारी अस्पतालहरुबाट सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए।

कहाँ कहाँका अस्पतालमा हुन्छ नि:शुल्क उपचार ?

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार