माघ ५ काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अहिलेसम्म ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले गत पुस २३ गते भर्चुअलबाट जिल्ला अधिवेशन उद्घाटन गरे यता भौगोलिकतर्फ ६३ र गैर भौगोलिक तर्फ २ जिल्लामा कहि निर्वाचन र कतै सर्वसम्मतबाट अधिवेशनहरू सम्पन्न गरि नयाँ नेतृत्व चयन भएकाे नेकपा एमालेले जनाएको छ।
यसअघि विविध कारणले उदघाटन समेत हुन नसकेका धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनकाे मिति समेत ताेकिएकाे छैन। कोभिड–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ।
प्रदेश सम्पर्क कमिटीहरुहरु मध्ये मधेस प्रदेश बाहेक सबै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएकाे एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
