माघ ३ बाँके – लागुऔषध ब्राउन सुगर सेवन गरिरहेका वडा अध्यक्ष सहित तिनजनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का वडा अध्यक्ष रामशरण थारू रहेका छन। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले वडा अध्यक्ष थारूसहित सुरज थारू, ध्रुव थारू र सुन्दर थारू गरि तीन जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

वडा अध्यक्ष सहित तीन जना बसेर सेवन गरिरहेकाे अवस्थामा प्रहरी भेटाएपछि भुइँमा फालेकाले कति मात्रामा ब्राउन सुगर थियो भन्ने परिणाम एकिन नभएको र उनिहरु माथि थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार