माघ २ बुटवल – मोटरसाइकल दुर्घटनामा परि एकजनाकाे मृत्यु भएको छ।

बुटवलको योगीकुटी देखी मगरघाटतिर जाँदै लु ७० प १३५३ नम्बरको मोटरसाइकल गएराती सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेर दुर्घटना हुदा गुल्मी  छत्रकोट ३ घरभई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका शोभाखर पन्थकाे मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

राति नै दुर्घटना भएर माेटरसाइकल खाल्डोमा खसेको र बिहान मनिङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेपछि प्रहरीले उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएपछि डाक्टरले मृत घाेषणा गरेकाे र अहिले उनकाे शव पाेष्टमार्टमकाे लागि तयारी भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माेहन बहादुर खाँणले बताए।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार