रोल्पा, थवाङ । रोल्पाको थवाङ गाउँपालिका–२ दोवाने वनस्थित सहिद मार्गमा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।


प्रहरीका अनुसार छेर्लावाङबाट थवाङतर्फ जाँदै गरेको लु ५ त २१५ नम्बरको ट्र्याक्टर शुक्रबार राति करिब १:४० बजे अनियन्त्रित भई सडकबाट झण्डै ३० मिटर तल थवाङ खोलाको तटमा खसेर दुर्घटनामा परेको हो।


दुर्घटनामा ट्र्याक्टर चालक थवाङ गाउँपालिका निवासी ३१ वर्षीय सहेन्द्र रोका घाइते भएका छन्। उनको छातीको दाहिने भागमा चोट लागेको तथा करङ भाँचिएको बताइएको छ। घाइते रोकाको उद्धार गरी थवाङ आधारभूत अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका छन्।


ट्र्याक्टरमा चालकसहित तीन जना सवार रहेकामा अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार