पुस २९ – धादिङ – सडक निर्माणकाे क्रममा स्काभेटर पुरिदा तिनजना बेपत्ता भएका छन।

रुबीभ्याली गाउँपालिका -१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे माथिबाट पहिरो खस्दा डोजरसहित डोजर चालक, सहचालक र सडक समितिका एक जना गरि तीनजना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए।

घटनास्थल दुर्गम रहेकाले अहिलेसम्म पनि उद्दारकाे लागि टाेली पुगिनसकेकाे र उद्दारकै लागि काठमाडौबाट नेपाली सेनाको हेलिकप्टर माग गरिएकाे प्रमुख जिल्ला अधिकारी लम्सालले बताए।

उता जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उद्दारकाे घटनास्थलबाट निजिक मानिने पैदल करिब चारल घण्टाकाे दुरिमा रहेकाे सेर्तुङ प्रहरी चौकीबाट टाेली घटनास्थल तर्फ खटिएको र जिल्लाबाट पनि सशस्त्र र नेपाली सेना सहितकाे टाेली जान लागेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले बताए।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार