पुस २७ कैलाली – संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी मङगलबार बेलुका दुर्घटनामा परेको छ।
धनगढी बिमानस्थलबाट महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रममा जान लागेका मन्त्री आले चढेकाे गाडिले बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको सुदूरपश्चिम भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई अर्काे गाडीले कैलालीकाे गेटामा ठक्कर दिदा दुर्घटना भएकाे हाे।
मन्त्री आलेकाे गाडीलाई ठक्कर दिने बा ४ च १३७७ नम्बरको गाडीले पहिला गाईलाई ठक्कर दिएर अनियन्त्रित भएर आलेको गाडीमा ठाेक्किन पुगेको हाे। मन्त्री आलेकाे गाडी र ठक्कर दिने गाडीका सबै यात्रु सकुशल रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मन्त्री आले सहितको टाेलीले अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर तर्फ गएकाे र ठक्कर दिने गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।