पुस २७ सल्यान – सदरमुकाम खलंगामा तास खेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खलंगाको पुरानो बसपार्क नजिकै एउटा घरमा जुवा खेलिरहेका ७ जनालाई मंगलबार प्रहरीले नगद ४७ हजार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रुपक शाह, श्रीकान्त राइ, अन्जन राई, रविन कुमार श्रेष्ठ, खड्ग बहादुर राना, बम बहादुर खत्री र विश्व कुमार राई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । पक्राउ परेका सबै शारदा नगरपालिका २ खलंगा निवासी हुन ।
जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर नगत रु. ४७ हजार रुपैयाँ सहित उनिहरुलाई पक्राउ गरिएको छ । प्रहरीले उनिहरुबाट नगद र उनिहरुले प्रयोग गरेका सामानहरु सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिएका छन ।