पुस २६ काठमाडौ – शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आइतबार पठाएको सिफारिस माथि छलफल गर्दै कार्यनयन गर्ने निर्णय गरेकाे शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए।
बैठक पछि संक्षेपमा सञ्चारकर्मीहरुलाई जानकारी दिदै प्रवक्ता शर्माले भने ” यसबारे मन्त्रालय मार्फत केही समयपछि थप माेडालिटि सहितको आधिकारिक सुचना सार्वजनिक गर्छौ।” सीसीएमसीसीकाे सिफारिस अनुसार वार्षिक बिदामा मिलान हुने गरी आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न उल्लेख गर्दै बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरेकाे छ।
यद्यपि संक्रमण कम हुने ठाउँमा भने सम्बन्धित जिल्लाकाे (डिसीएमसी)फे निर्णय अनुसार गरेर संचालन गर्न पाइने छन। विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरी कामय गरि संचालन गर्न सकिने छ।