पुस २६ रुकुम ( पश्चिम ) – नेकपा (एमाले) रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा निर्वाचित भएका छन्। उनी स्थायी शिक्षकबाट राजिनामा दिएर राजनीतिमा आएका हुन। त्यस्तै उपाध्यक्षमा मनवीर घर्ती, सचिवमा शशीराम परियार, उपसचिवमा गणेश सुनार र रचना मल्ल चयन भएका छन।

आइतबार अबेर सम्म चलेकाे बन्दसत्रका अध्यक्ष मण्डलबाट देवकोटाललाई अध्यक्षता सहित पदाधिकारीको नाम घोषणा गरेको हो। अन्य जिल्ला कमिटीका सदस्यहरूको नाम भने घोषणा गरिएको छैन। साेमबार शपथ ग्रहण संगै सदस्यहरुकाे पनि नामावली चयन गरिने बताइएको छ।

अध्यक्षमा देवकोटासँगै नारायणकुमार शाह, टंकप्रसाद ओलीले दाबी गरेका थिए। सुरुमा अध्यक्ष मण्डलले देवकोटालाई अध्यक्ष, शाहलाई उपाध्यक्ष र ओलीलाई सचिवमा प्रस्ताव राखेपनि शाह र ओली असहमत भएपछि अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य तीर्था गौतमले देवकोटालाई अध्यक्षतामा नयाँ पदाधिकारी घोषणा गरेकी थिइन्। शाह र ओलीले मतदान हुनुपर्ने माग गर्दागर्दै पनि जिल्ला कमिटीका पदाधिकारी घोषणा गरिएको हो।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार