पुस २५ काठमाडौ – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना अन्तर्गत माेटरसाईकल दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।

प्रदेश १ अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका ४  मा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालक धुलावारी घर भई हाल इटहरी बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको र विश्वकर्माले चलाएको मे १ प ५५९० नम्बरको मोटरसाईकल गएराति साढे ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो। उनलाई उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय इटहरीलाई उदृध गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

काठमाडौंको कलंकीमा गएराति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्। बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका मोटरसाइकलमा सवार बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ बर्षीय वसन्त विष्टको उपचारको क्रममा कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोबीघाट बस्ने २६ वर्षीय निखिल बमको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेका महानगरीय ट्राफिक कार्यालय कलंकीले जनाएको छ।

लुम्बिनी प्रदेश दाङको घोराही उपमहानगरपालिका ११ बुकाली डाँडामा हिजो साँझ रा २ प १८४० नम्बरको मोटरसाइकल जिपलाई ओभर टेक गर्ने क्रममा अस्थायी नम्बर प्लेट भएको ना ७ ख ५३ १२ नम्बरको टिपरमा ठाेकिएपछि गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही १० का ५३ वर्षीय पदम बस्नेतको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो। घाइते भएका  सोही ठाउँका ४६ वर्षीय टेक बहादुर बस्नेतको कोहलपुरमा उपचार र सोही ठाउँका ४६ वर्षीय मदन बस्नेत  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि घर फर्किएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार