पुस २५ राेल्पा – परिवर्तन गाउँपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा ९३० बमोजिम संगठित गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विषेश क्षेत्रको नाम,संख्या तथा सिमाना निर्धारण आयोगले सिफारिसमा बनेको ७५३वटा स्थानीय तह मध्येको लुम्बिनी प्रदेश अन्तर्गतको रोल्पा जिल्लामा अवस्थित एक स्थानीय तह हो।

साविकका राङकोट,राङ्सी,कुरेली,इरिबाङ,र पाछाबाङ गाविस समायोजन भएर परिवर्तन गाउँपालिका निर्माण भएको छ।यश गाउँपालिकाको कुल क्षेत्रफल १६३.०१ वर्ग किलोमीटर रहेको छ।पालिकाको कुल जनसंख्या २०७७८ रहेको पाइन्छ।यस गाउँपालिकामा ६ वटा वडा रहेका छन।समृद्धि,सुरक्षित,सामाजिक न्याय र सुशासनयुक्त परिवर्तन गाउँपालिका भन्ने मुल भनाईलाई आत्मसात गर्दै अगाडि बढेको गाउँपालिका उपलब्ध स्रोत र साधनको यथोचित विवरण र परिचालन गरि समुचित रूपमा कार्यालय सञ्चालन गरी अघि बढिरहेको पाइन्छ। गाउँपालिका चालू आगामी बर्षमा आफ्नो लक्ष्य भेट्टाउने प्रयास गरिरहेको छ।”जस्तो नाम त्यस्तै काम गरि परिवर्तन गाउँपालिकालाई साच्चिकै एउटा नमूना योग्य गाउँपालिका बनाउन सफल भएको बताइएको छ”।अन्य स्थानीय तह भन्दा रचनात्मक शैली प्रयोग गरि गाउँपालिकाले आम जनताकाे हित अनुसार जनप्रिय कामका गुनासाहरुको सम्बोधन गरि आफ्ना कार्यहरू थप अघि बढाइरहेको पाइन्छ।

यो साढे चार वर्षको अवधिमा गाउँपालिकाले थुप्रै विकास निर्माणका कार्यहरू सम्पन्न गरेको जनाइएको छ। सामाजिक,आर्थिक,पूर्वाधार,
प्रशासनीक,सुशासन तथा संस्थागत विकासका लागि गाउँपालिकाले विभिन्न समितिहरु गठन गरेर आफ्नो मुख्य क्रियाकलापहरु सञ्चालन गर्दै आएको परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरको भनाइ रहेको छ। स्वास्थ्य,शिक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रमा गाउँपालिकाले उल्लेखनीय योगदान गरेको र कृषि,पशु,श्वरोजगार,सूचना प्रविधि जस्ता कुरामा गाउँपालिकाको महत्त्वपूर्ण योगदान रहेको परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ रहेको छ।

यतिमात्र नभई पूर्वाधार विकास तर्फ गाउँपालिकाले यो साढे चार बर्षको अवधिमा गरेका कार्य उल्लेखनीय रहेको उद्घोष गर्दै गाउँपालिकाले विपद व्यवस्थापन तर्फ पनि आफूलाई तल्लीन बनाएको र हरेक जनताका समस्याहरुलाई मध्यनजर राखी उनीहरूलाई सहुलियत दिदै आएको जगजाहेर रहेको बताए। विगत दुई वर्ष अघि देखि आएको कोरोना महामारी नियन्त्रणका लागि गाउँपालिकाले निर्वाह गरेको भूमिका अतुलनीय र गाउँपालिकाले गाउँगाउँमा सिंहदरबार भन्ने आम मानिसको बुझाईलाई कति पनि विचलित हुन नदिएको डाँगीले बताए। सेवा प्रवाहमा यहाँका जनतालाई गाउँपालिकाका कर्तव्यनिष्ठ कर्मचारीहरुले दिएको सेवा अनुकरणीय र प्रशंसनीय योग्य रहेको र गाउँपालिकाले यो बीचमा थुप्रै कामहरु गरेको बताइएको छ।

परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा सुरुमा कुनै पनि पक्की भवनको निर्माण भएको थिएन।जब गाउँपालिका आयो तब अहिले त्यहाँ धेरै पक्की घर तथा भवनहरु स्थापना भएका छन।साढे चार बर्ष पहिले पुतलाचौरको अवस्था अकल्पनीय थियो।घर भए पनि कच्ची मात्र थिए तर अहिले हेर्ने हो भने धेरै विकासले पड्को मारेको पाइन्छ। चार वर्ष पहिले खेतमा परिणत भूमि सुन्दर बस्तीको रूपमा स्थापित भएको करिब पाँच बर्ष देखि परिवर्तन गाउँपालिकाबाट कलम चलाउदै आएका स्थानीय पत्रकार सुर्य प्रकाश बुढा बताए।यहाँका नागरिकले सोचेका थिएन यसरी परिवर्तन हुन्छ भनेर”अहिले परिवर्तन गाउँपालिका स्थापना भएको देखि यहाँ धेरै परिवर्तन भएको स्थानीय नागरिक तथा परिवर्तन गाउँपालिका ५ का वडा अध्यक्ष सुक बहादुर बुढामगर बताउछन।

अहिले पुतलाचौर सबैको रोजाइमा पर्ने र साच्चै परिवर्तन गाउँपालिका नमूना योग्य काम गर्न सफल भएको बताउँछन् । परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले रोल्पा जिल्लाको दस स्थानीय तहहरु मध्ये फरक भएको बताउदै ११ औं गाउँसभा तथा आगामी वर्ष २०७८/०७९ को हिउँदे अधिवेशन गर्नेमा पहिलो भएको बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा १ बमोजिम सम्पन्न गरिएको बताउदै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेअनुसार वर्षमा दुई पटक अधिवेशन गर्ने नियम रहेको सोही अनुसार हिउँदे गाउँसभा गरिएको बताए।

परिवर्तन गाउँपालिकाको साढे चार वर्षसम्मको प्रमुख उपलब्धिहरु मध्ये केहिलाई बुदागत यसरी प्रस्तुत गरिएको जनाएको छ।

१)प्रशासनीक भवन,
२)खेलकुद मैदान,
३)शैक्षिक सुधारको लागि पहल,
४)सबै वडामा सडकको विस्तार,
५)स्वास्थ्यमा नयाँ क्रान्ति(१५ शैया अस्पतालको निर्माण चरण भइरहेको)
,६)कृषि पकेट क्षेत्रहरुको विकास,
७)खानेपानी क्षेत्रमा व्यापक प्रगति र
८) पक्की तथा झुलुङ्गे पुलहरुको निर्माण आदि रहेका छ्न।

परिवर्तन गाउँपालिकाको अबको बाटो ?

१)चालू आगामी वर्षमा बेरुजु फर्छौटलाई प्राथमिकता राखी कार्ययोजना बनाइ कार्यान्वयनमा ल्याउने,
२)अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने व्यवस्था मिलाउने,
३)आन्तरिक आय वृद्धिका लागि योजना निर्माण गर्ने,
४)सेवा प्रवाहमा थप सरलता ल्याउन सम्पूर्ण कर्मचारीहरुसँग सहजीकरण गर्ने,
५)प्रभावकारी अनुगमन तथा सुपरीक्षणको व्यवस्था मिलाउने,
६)भुक्तानी तथा निकासी प्रक्रियामा थप सरलता र सहजता ल्याईने,
७)शाखागत र वडागत समन्वयमा जोड दिईने,८)तालिम र क्षमता विकासका विभिन्न कार्यक्रमहरु बनाईने,
९)बार्षिक समिक्षा तथा सार्वजनिक परिक्षण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी सम्पन्न गरिने,१०)निर्माणका हरेक गतिविधिलाई गुणस्तरीय बनाउन जोड दिईने,
११)स्थानीय स्तरमा मिडियाहरुसँग समन्वय गरि अघि बढ्ने,
१२)नागरिक सन्तुष्टि सर्वेक्षण कार्यक्रम गरिने,१३)गाउँपालिकाको हाल सम्म भएको विकासका गतिविधि झल्किने पुस्तकको विमोचन गरिने र १४)बालविवाह न्यूनीकरणका लागि उपाध्यक्ष भेटघाट जस्ता कार्यक्रम सञ्चालन गरिने आदि रहेका छन।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार