पुुस २३ रोल्पा – रुन्टिगढी गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका बिच सरुवा भयर आउने नयाँ कर्मचारीहरुलाइ स्वागत तथा सरुवा भयर जाने कर्मचारीहरुलाइ बिदाई गरिएको छ।

सरुवा भयर आउने तथा नव नियुक्त कर्मचारीहरु प्रशासन प्रमुख सानुबाबु खड्का र इन्जिनियर लोकेन्द्र ओली यसैगरी बिदाइ भयर जाने कर्मचारीहरुमा सब इन्जिनियर बिजयदेब चौधरी रहेका छन।

रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भट्टराईको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, उपाध्यक्ष छ्माया पुन,आलेप दिपक पराजुली , सूचना अधिकृत विशाल बोहोरा,पन्जिकरण शाखा प्रमुख धुर्बप्रकाश मल्ल लगयतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बिदाई भयर जाने सब इन्जिनियर चौधरीले रुन्टीगढी गाउँपालिकामा धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै यस पालिकाले दियको माया र सद्भाव कहिले नभुल्ने बताएका छन। यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष बुढाले गाउँपालिका मा आउने नयाँ कर्मचारीहरुलाइ स्वागत गर्दै बिदाई भयर जाने कर्मचारी को आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका छन। कार्यक्रम को सहजीकरण योजना शाखा का प्रमुख रुपेश अधिकारीले गरेका थिए।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार