पुस २३ रोल्पा – परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष २०७८/०८९ को ११ औं हिउँदे गाउँसभा पुष २४ गते अर्थात् भोलि शनिबार हुने भएकाे छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा १ बमोजिम हिउँदे गाउँसभा गर्न लागीएको र सम्पुर्ण तयारी पूरा भइसकेको परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने जानकारी दिए। न्यौपानेले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वर्षमा दुई पटक बैठक गर्नुपर्ने प्रावधान गरे अनुसार हिउँदे गाउँसभाको आयोजना गरिएको बताए।

२४ गते हुन लागेको गाउँसभामा उपस्थित भइदिन सम्बन्धित सबैमा परिवर्तन गाउँपालिकाले आग्रह समेत गरेको छ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार