पुस २२ बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारबाट १ अर्ब बजेट पाएकाे बताएका छन ।
मुख्यमन्त्री केसीका अनुसार यसै साता काठमाण्डौमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी बिचमा भएको छलफलबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि १ अर्व बजेटको व्यवस्थाका लागि प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशको राजधानी नयाँ स्थानमा बन्न लागेकोले हाल संघीय सरकारबाट १ अर्व बजेट संघीय सरकारले व्यवस्था गरेकाे बताउदै बजेट उपलब्ध गराइने र अब प्रदेश राजधानी निर्माणको काम तथा नीति गत र बजेटका हिसावले तिव्र रुपमा अगाडि बढाउन समेत निर्देशन दिएका छन।
प्रदेश सरकारले जग्गा प्राप्तिको विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको कामले गति लिने उहाँको र संघीय सरकारले बजेट प्रदान गरेकोमा मुख्यमन्त्री केसीले प्रधानमन्त्री र अर्थमन्त्री लगायत नेपाल सरकारलाई प्रदेश सरकारको तर्फबाट विशेष धन्यवाद दिदै आगामी दिनमा समेत सहयोग गरि दिनका लागि आग्रह गरेका छन।
यसैगरी लुम्बिनी प्रदेश सरकारले राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माणको लागि संघीय सरकारसँग ३ अर्व बजेट माग गर्ने मन्त्रीपरिषद्ले निर्णय गरे अनसार मुख्यमन्त्री केसीले संघीय सरकार संग माग गरेपछि तत्कालका लागि १ अर्ब बजेटकाे व्यवस्था गरेकाे हाे।
मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्व लिएपछि धेरै आयमिक कार्यहरु मध्ये राजधानी निर्माण पनि एक महत्वपूर्ण रहेकाे बताउदै गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिकरण कार्य समेत गरि काम अघि बढाइएकाले प्रदेश सरकारले विभिन्न निकायसँग छलफल गरी अगाडि बढाएमा सोचे भन्दा छिटो प्रदेश राजधानी निर्माण हुने बताएका छन।