पुस २२ झापा – घरमा लागेकाे आगो निभाउने क्रममा एकजनाकाे मृत्यु हुनुकाे साथै १६ जना घाइते भएका छन।

मंगलबार बेलुका करिब ९ बजेतिर मेचीनगर नगरपालिका ७ पिपल चौक स्थित केशब पाठकको मानिस नभएकाे घरमा अचानक आगलागी हुदा आगो निभाउने क्रममा मेचीनगर नगरपालिका ८ का ४५ वर्षीय सारद राजवंशी रहेकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पाठकको टिनको छानो र चित्राको बेरा भएको एकतले कच्चि घरमा मानिस नबस्ने खाली घरमा अवस्थामा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्किदा घाइते भएका राजबंशी लगाएत अन्य १६ जनालाई उपचारकाे लागि लगिएको र घाईते मध्ये राजबंशीकाे एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको र अन्य घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।

उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा झन्डै डेढ घण्टापछि पुर्ण रुपमा नियन्त्रणमा लिएको र आगो के कारणले लागेको भन्ने खुल्न नआएकोले अनुसन्धान भईरहेको झापा प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार