पुस २१ रोल्पा – परिवर्तन गाउँपालिका वडा नं.६ साबिकको इरिबाङ्ग १ ओहको श्री दिव्य ज्योति प्राथमिक विद्यालय देखि माडी गाउँपालिकाको वडा नं.३ साबिकको तालाबाङ ६ दामाङ्ग जोड्ने मोटर सडकको अनुगमन गरिएको छ।

परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरको संयोजकत्वमा उक्त सडकको अनुगमन गरिएको बताइएको छ। अनुगमनमा परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव राज न्यौपाने, परिवर्तन गाउँपालिका योजना शाखा अधिकृत कृष्ण चौधरी, परिवर्तन गाउँपालिका सव इन्जिनियर खकेन्द्र बुढामगर,परिवर्तन गाउँपालिका ६ का वडा अध्यक्ष भानसिङ बुढामगर,परिवर्तन गाउँपालिका ६ का वडा सदस्य भूपेन्द्र बुढामगर,परिवर्तन गाउँपालिका ६ का सव इन्जिनियर मोहन घर्तीमगर लगायत सञ्चारकर्मीहरुकाे टाेलिले अनुगमन गरेकाे हाे।

अनुगमन गर्दै परिवर्तन गाउँपालिका उपाध्यक्ष बुढामगरले दुई ओटै पालिकाको सिमाना जोडिएमा साच्चिकै यहाँका नागरिक र गाउँपालिकाको सम्बन्ध निकट हुने बताएकि छन। साथै माडी गाउँपालिका ३ ले पनि छिट्टै सिमानामा मोटर सडक जोड्नेमा आफू विश्वस्त भएको बताउदै सडक राम्रो भएको प्रतिक्रिया समेत व्यक्त गरेकि छन।

परिवर्तन गाउँपालिकाले सडक राम्रो भएको बताउदै एक ठाउँको घुम्तीलाई सुधार गर्न र सडकको ढलको व्यवस्थापन गर्न परिवर्तन गाउँपालिका सव इन्जिनियर खकेन्द्र बुढामगरको सुझाव दिएका छन।परिवर्तन गाउँपालिका वडा नं.६ ले सिमाना सम्म मोटर सडक पुर्‍याइ सकेको छ भने माडी गाउँपालिका वडा नं.३ पनि सडक जोड्ने तयारीमा रहेको बताइएको छ।

परिवर्तन गाउँपालिकाको करिब ७ लाख रुपियाँ लागतमा सडक दुई वडा बीचको सिमाना सम्म पुगेको निर्माण समितिका अध्यक्ष अमु बुढामगरले बताए। मोटरबाटाे अनुगमनमा परिवर्तन गाउँपालिका ६ साबिकको इरिबाङ्ग ओहका स्थानीय बुद्धिजीवी तथा स्थानीय युवाहरुको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार