पुस २० काठमाडौ – निर्वाचन आयाेगले थालेकाे देशभरका स्थानिय तहमा फाेटाे सहितकाे मतदाता नामावली संकलन अभियान साेमबार देखि सकिएकाे छ।

आयाेगले मंसिर १७ देखि पुस १९ सम्म एक महिना बढि संकलन कार्य गरेकाे हाे। याे अभियानबाट छुटेकाहरुले देशभरका निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासनबाट आगामी निर्वाचनकाे मिति नताेकिए सम्म दर्ता गर्न पाउने बताएको छ

आफू स्थायी ठेगाना बाहिर हुनेहरुले अस्थायी बसाेबास गरेकाे जिल्ला निर्वाचन कार्यालयमा गई दर्ता गर्न सकिने छ। काठमाडौ उपत्यकाको हकमा भने काठमाडौ, ललितपुर र भक्तपुरका जिल्ला निर्वाचन कार्यालयबाट भने सबै जिल्लाका बासिन्दाले दर्ता गराउन मिल्ने व्यवस्था मिलाएकाे आयाेगले जनाएको छ।

मतदाता नामावली दर्ता गराउन आवश्यक पर्ने सम्पुर्ण कागजात रितपुर्वक लिएर पाएक पर्ने कार्यालयमा दर्ता गराएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानाकाे वडापालिकामा उक्त मतदाता नामावली दर्ता हुने व्यवस्था मिलाएकाे आयाेगले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार