पुस २० काठमाडौ – फ्रान्समा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको अनुसन्धानरत विज्ञहरुले दाबी गरेका छन।

उक्त कोभिडको नयाँ भेरियन्टलाई B-1-640-2 संकेत राखेर `आइएचयू’को नाम पनि दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन। आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्।

उक्त भेरियन्टको संक्रमण मासेलिज नजिकैको स्थानमा रहेका १२ जना विरामीहरुमा पुष्टि भएको र ओमिक्रोन भन्दा बढी संक्रामक भएको पनि विज्ञहरुले बताएका छन।

यद्यपि अहिलेसम्म यसबारे विश्व स्वास्थ्य संगठनले भने कुनैपनि प्रतिक्रिया दिएकाे छैन।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार