पुस १८ राेल्पा – अटाे दुर्घटना हुदा एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ।

आइतबार दिउसाे करिब १ बजे ह्वामाबाट लिबाङ तर्फ आउदै गरेकाे रा १ ह ३०५१ नम्बरकाे अटाे दुर्घटना हुदा अटाे चालक रुन्टीगढी गाउँपालिका -९ सखीका ३४ वर्षिय खुम राेकाकाे घटनास्थलमै मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

अटाेमा अन्य यात्रु नरहेका र अटाे सडकबाट करिब २०० मिटर तल खसेकाे थियाे। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट गएकाे प्रहरी टाेलीले शवकाे उद्वार गरि पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी विनोद घिमिरेले बताए।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार