पुस १६ सर्लाही – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गरिरहेकाे आन्दोलनका क्रममा प्रदेश २ का विभिन्न जिल्लाबाट जनमतका दर्जनौं कार्यकर्ता पक्राउ परेका छान भने सवारी साधनमा आगजनी समेत भएकाे छ।

किसानका विभिन्न मागको लागि र प्रहरीकाे भ्यानकाे ठक्करबाट मृत्यु भएका व्यापारीकाे परिवारलाई उचित राहत तथा सत्यतथ्य छानबिनको माग गर्दै प्रदेश २ मा गतसाता यता जनमत पार्टीले चरणबद्ध आन्दोलन गर्दै आएकाे छ।

मागकाे सुनुवाई नभएपछि बुधबारदेखि पुर्णरुपमा प्रदेश २ चक्काजामकाे घाेषणा गरि आन्दोलन गरिरहेका छन। चक्काजामकाे तेस्रो दिन शुक्रबार आन्दोलनको क्रममा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष बसन्त कुशवाहा सहित विभिन्न जिल्लाबाट १३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनमत पार्टीका अध्यक्ष डा.सिके रावतकाे सचिवालयले जनाएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरबाट उपाध्यक्ष कुशवाहा सहित ९ जना र कपिलवस्तुबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । कपिलवस्तुबाट जिल्ला उपाध्यक्ष राम भुवन हरिजन, सचिव भगवानदास यादव, जिल्ला सदस्य शिवसुन्दर जैसवाल र अन्य एकजना साहबदिन विश्वकर्मा, सप्तरीबाट जिल्ला अध्यक्ष सहित १४ जना पक्राउ परेका छन।

आन्दोलनकारी पक्राउ परेपछि झन आन्दोलनले चर्काेरुप लिएकाे छ। चन्द्रपुर र वीरेन्द्र बजारमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप हुदा तनावग्रस्त रहेकाे बताइएको छ। त्यस्तै सप्तरीको अग्निसाईर कृष्णासबरण गाउँपालिकामा जनमतका कार्यकर्ताले गिट्टी लोड भएको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी गरेका छन् ।

पार्टी अध्यक्ष डा. राउतले किसान आन्दोलनलाई दबाउन खोज्नु निन्दनीय रहेको भन्दै गिरफ्तार गरिएका आफ्ना सम्पूर्ण नेता कार्यकर्तालाई अविलम्ब निशर्त रिहा गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार