पुस १६ रुकुम (पुर्व) – जिल्लाकाे सिस्ने गाउँपालिकाकि एक १७ वर्षिय किशोरी माथि बलात्कारकाे प्रयास भएकाे घटना सार्वजनिक भएकाे छ।

पुस १४ गते राति करिब १ बजे ती किशोरी माथि अखिल क्रान्तिकारी जिल्ला कमिटी रुकुम पूर्वका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश कमिटी सदस्य तिलक राज रसाईलीले बलात्कार प्रयास गरेकाे पिडित किशोरीले नै आफुमाथि दुर्ववहार भएकाे भन्दै कारबाहीकाे माग गर्दै घटना सार्वजनिक गरेकि छन। आराेपित रसाइली सिस्ने गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा कम्प्युटर अपरेटरकाे रुपमा समेत कार्यरत छन।

ती किशोरी सिस्ने गाउँपालिका वडा नं. २ घर भई हिमालय मा.वि. नाईगाड कक्षा १० मा अध्ययनरत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुकुम पूर्व जिल्ला कमिटी सदस्य समेत हुन।

रसाइलीले बलात्कार गर्ने मनासयका साथ हातपात तथा आक्रमण गरेको आक्रमणमा परि किशोर घाईते समेत भएकि छन। परीक्षाको तयारीमा घरबाट टाढा विद्यालय भएकालेे विद्यालय नजिकै कोठा भाडामा
बस्दै आएकि किशोरी माथी मध्यरातमा बलात्कारकाे प्रयास गरेकाे बताइएको छ।

त्यसैगरी आफ्नाे संगठनकाे सदस्य माथि जघन्य अपराध भएकाे भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुकुम पूर्वले दाेषिलाई उचित कारबाहीको माग गर्दै एक विज्ञप्ति सार्वजनिक गरेकाे छ।

एक जिम्मेवार र सजक नागरिककाे पहिचान बनाएका व्यक्तिबाट नै यस्तो जघन्य अपराध हुदा कारबाही सट्टा अझ घटना लुकाउनमिलापत्रकाे लागि धम्की सहित विभिन्न प्रलोभन समेत देखाउने काम भएकाे प्रति निन्दा गरेकाे छ।

यस्तो खालको घटना घटाउने पिडक लाई कडा भन्दा कडा कानुनि कार्रवाहि र पिडित वालिकालाई न्याय प्रदान गर्न राज्यका सम्पुर्ण निकाय, नागरिक समाज लगायत सम्पुर्ण सरोकारवाला निकायहरुमा हार्दिक अनुरोध गर्दछौ । साथै पिडितलाई थप पिडा दिनेखालका जुनसुकै प्रयाश जो सुकै पक्षवाट भएमा त्यसको डटेर कडा प्रतिवाद गर्ने आन्दोलनमा उत्रने चेतावनी समेत जिल्ला अध्यक्ष रामचन्द्र केसीद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएकाे छ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार