पुस १३ रौतहट – जन्ती सवार भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
गौर नगरपालिकाबाट गरुडा तिर जन्ती लिएर फर्कदै गरेको डि आर ०५ पि ए ६९५३ नम्बरको स्कारपियो गरुडा नगरपालिका–१ स्थित जयनगर र सखुअवाकाे बिचमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
स्कारपियाेमा ९ जना सवार रहेका थिए। अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खसेको र घाइते चारजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले बताए।