पुस १२ कैलाली – एकै गाउँका एक किशोर र एक किशोरीको शव झुन्डिएको अवस्थामा फेला परेको छ।
गौरीगंगा नगरपालिका–३ जुनेली शिविरमा १६ वर्षीय सन्जु चौधरी र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी करिब दुईसय मिटर दुरीकाे अन्तरमा आइतबार साँझ मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सन्जु आफ्नै सुत्ने काेठामा सलकाे पासाेमा झुुण्डिएको र मायाराम डाेरीे लगाई रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको अवस्थामा भेटिएका हुन। अहिले दुवै शवकाे पाेष्टमार्टमकाे लागि प्रक्रिया सुरु गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जाेशीले बताए।