पुस ११ सल्यान – विद्यार्थीका लागि काेराेना भाइरस विरुद्धको माेडर्ना खाेपकाे पहिलो मात्राको लागि बागचौर नगरपालिकाले पालिका भित्रका रहेका विभिन्न विद्यालयमा मिति र केन्द्र तय गरेकाे छ।

उक्त मितिमा सम्बन्धित विद्यालयमा ताेकिएकाे खाेप केन्द्र गएर निश्चित उमेर समुहका विद्यार्थीहरुलाई खाेप लगाउन पालिकाले अनुराेध गरेकाे छ।

खाेप केन्द्र नपरेका विद्यालयहरुले भने आफ्ना विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयले नजिककाे खाेप केन्द्रमा लिनु पर्ने छ। साथै विद्यालय नआउने १२ देखि १८ वर्ष मुनिका किशोर किशोरीहरुले पनि पाएक पर्ने खाेप केन्द्रमा गएर खाेप लगाउन सक्ने नगरपालिकाले बताएको छ।

नेपाल सरकारले विद्यार्थीकाे लागि अहिले ५७ जिल्लामा माेडर्ना खाेप दिने अभियान चलाइरहेको छ। १२ वर्ष देखि १८ वर्ष मुनिका उमेर समुहले खाेप लिने छन।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार