पुस १० काठमाडौं – प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठन नेपाल बिच एकता भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा तीन बुदे सहमति गर्दै शनिबार एक औपचारिक कार्यक्रमका साथ एकता घोषणा भएको हो । नेपाली समाज रुपान्तरणकाे आन्दोलनलाई मजबुत बनाउन सम्पूर्ण परिवर्तन शक्ति र जनपक्षीय पत्रकारहरु एक ठाउँमा ध्रुवीकरण हुनुपर्ने आवश्यकता अनुरुप दुई संगठनकाे एकता गरेकाे दुवै संगठनले संयुक्तरूपमा बताएका छन।

एकता कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका पूर्व अध्यक्ष तथा संगठनका सल्लाहकार प्रभात चलाउने, क्रान्तिकारी पत्रकार संगठनका सल्लाहकार एवम संगठनका पूर्व उपाध्यक्ष दिपेन्द्र रावल पनि उपस्थित थिए।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार