पुस ८ सल्यान – कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई वीरेन्द्रनगर सुर्खेतकाे आयोजनामा महिला समुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि ३ दिने पोषण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिमको मङगलबार उद्घघाटन गरिएको छ।
बरला स्थित होटल एलिसाकाे सभाहलमा तालिमको उदघाटन गरिएको हाे। कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परियोजना मार्फत उक्त कार्यक्रम २ वर्ष यता सल्यान र रुकुम पश्चिमका विभिन्न स्थानीय तहहरुमा मूल्य श्रृखला विकासका लागि लगानि गर्दै आइरहेको छ।
जिल्लाका शारदा नगरपालिका शिद्धकुमाख गाउँपालिका, बागचौर नगरपालिका, दार्मा गाउँपालिका र रुकुम पश्चिमका त्रिवेणी गाउँपालिका, मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकाका विभिन्न वडाहरुमा कार्यरत २६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि तालिम आयोजना गरिएको हो।
कृषि क्षेत्र विकास कार्यक्रमकाे सहलगानिमा संलग्न कृषक परिवारका महिलाहरुलाई पोषण पाठशाला संचालनमा महिला स्वाथ्य स्वंयसेविकाहरुले सहजिकरण गर्नेछन। उक्त तालिमको पहिलो दिनमा प्रशिक्षकहरुमा पोषण विज्ञ सुरेन्द्र गौतम, लैङ्गिक समानता तथा पोषण अधिकृत सन्तोष कुमार दुवे र सुआहाराका निम बहादुर बस्नेतले प्रशिक्षण दिएका छन।
तालिमको पहिलो दिनमा कृषि क्षेत्र विकास कार्यक्रमको बारेमा जानकारी पोषण सचेतना तथा प्रवर्द्धनका बारेमा जानकारी सहित प्रस्तुतिका माध्यमबाट पोषणका विभिन्न पक्षहरुकाे महत्व को बारेमा जानकारी समेत दिइएको थियाे।