पुस ६, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. १० को भाट्भिटे स्थित भाट्भिटे लिफ्ट खानेपानी तथा जलवायु अनुकूलन आयोजना कार्यक्रम उद्घाटन सम्पन्न भएको छ ।
उपभोक्त समितिका अध्यक्ष राम ब. बुढाथोकीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी, विशिष्ट अतिथि नगर उप-प्रमुख कल्पना पुन, अतिथिहरु बागचौर नगरपालिका योजना शाखा प्रमुख पुर्ण ब.वली, वडा नं. १० का वडाध्यक्ष कृष्णा खड्का लगायतका अतिथिहरु रहेका थिए ।
प्रमुख अतिथि बुढाथोकीले लिफ्ट खानेपानी योजना उद्घाटन गर्दै यस क्षेत्रमा विगत देखि नै खाने पानीको अभाब भएकोले नगरले यहाँको लागि योजना छनोट गरेको बताएका छन । उनले योजना छनोट गरि काम सम्पन्न गर्नु मात्रै ठुलो कुरा नभएको र यसको रेखदेख एवम् मर्मत सम्भार गरि सहि सदुपयोग गर्न उपभोक्ताहरुलाई ध्यान दिनु हुन समेत अनुरोध गरेका छन ।
बागचौर नगरपालिकाबाट रकम रु.१३,३०,६०१.६२/-, जलवायु कार्यक्रमबाट रकम रु.५३,१४,४०४/-, जनश्रमदान रकम रु.१५,३६,९२८.२४/- गरि कुल बजेट रकम रु.८१,८१,९३३.८६/- उक्त लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ ।
उक्त खानेपानी योजनाबाट बागचौर नगरपालिका वडा नं. १० का ५८ घरधुरी लाभान्वित हुने भएका छन ।