पुस ५ काठमाडौ – नयाँ बानेश्वरस्थिमा रहेको इन्द्रेणी कम्प्लेक्समा साेमबार दिउसाे आगलागी भएकाे छ।
दिउँसो करिब साढे ३ बजेकाे समयमा आगलागी सुरु भएकाे थियाे। कम्प्लेक्सकाे छैटौं तलामा रहेकाे जीम सेन्टरमा मात्रै आगलागी हुँदा करिब तिन करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर र ललितपुरबाट आएका ५ वटा दमकलको टोलीले आगलागी करिब १ घण्टामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ।
आगलागीपछि माइतीघर-बानेश्वर चल्ने सडक एक घण्टा अवरुद्ध भएको थियाे। विद्युत सर्ट भई ईन्भटरबाट आगलागी भएकाे हाे। कम्प्लेक्सकाे अरु भागमा क्षति नभएको वृतले जनाएको छ। तस्बिर – राजु पाण्डे