पुस २ जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्सकाे रहस्यमय मृत्यु भएकाे छ।

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका -११ की २६ वर्षीय अनुपमा श्रेष्ठको निधन रहेकि छन। श्रेष्ठको उपचारका क्रममा शुक्रबार अपरान्ह ४ बजेतिर निधन भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिए।

नर्स श्रेष्ठ बाथरुममा नुहाउन गएकाे समयमा बाथरुम भित्र लडेर बेहोस भएको अवस्थामा बिहीबार भेटिएपछि अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । श्रेष्ठको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना कसरी घटयाे ?

नर्स श्रेष्ठ बिहिवार दिउसाे जुम्लाको सिटिजन बैंक शाखाकाे बाथरुममा नुहाउन गएकि थिइन।

बाथरुममा  नुहाउन गएकी उनी बेहोस भएको भन्दै सिटिजन बैंकका कर्मचारीले प्रतिष्ठानमा उपचारका लागि लिएका थिए । बेहास भएकी श्रेष्ठलाई  प्रतिष्ठानले आइसियूमा राख्याे तर २४ घण्टा आइसियूमा राख्दा पनि होस नआएपछि प्रतिष्ठानले शुक्रबार साँझ मृत्यु भएको घोषणा  गरेको हो । श्रेष्ठ बैंक शाखाको बाथरुममा नुहाउन कसरी पुगिन त्याे भने अझै खुलेकाे छैन।

सिटिजन बैंक शाखा जुम्ला के भन्छ ?

सिटिजन बैंकका म्यानेजर महेश शाहीले मृतक नर्स साथीको बहिनी भएकाले आफ्नो बैंकमा नुहाउन आएको बताए ।  ‘”बैंक स्टाफ अफिसकै कामकाजमा व्यस्त थिए । बाथरुममा आएर बेहोस भएको थाहा भएपछि प्रतिष्ठान लगिएको हो” शाहीले भने । बैैंकका कर्मचारी बाथरुम जाँदा ढोका बन्द थियो । ढोका फुटाएर  उपचार गर्न लगेका उनको भनाइ छ ।

मृतक नर्स श्रेष्ठकाे परिवारले जाहेरी दिने

मृतक श्रेष्ठका आमा बुबाले छोरीको मृत्यु रहस्यमय भएको भएको भन्दै प्रहरीमा जाहेरी दिने बताएका छन् । भाेलि आफन्तहरुले जाहेरी दिने बताएका छन।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र  चन्दले  प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर अनुसन्धान अगाडि बढाउने बताए । मृतकका आफन्तको जाहेरी दिए अनुसार नै प्रहरीले अनुसन्धान अघि  बढाउने चन्दले बताए ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार