पुस २ रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित वडा सचिवलाई नियन्त्रणमा लिएकाे छ।

सिद्धार्थनगर नगरपालिका वडा न.४ का वडा सचिव (नायब सुब्बा) महोम्मद सिद्दीकीलाई घुस रकम ३००० सहित नियन्त्रणमा लिएकाे आयाेगकाे कार्यालय बुटवलले बताएको छ।

शुक्रबार दिउँसो सेवाग्राही सँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सचिव सिद्धिकलाई सेवाग्राहीबाट रु. ३,००० घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार