पुस २ काठमाडौ – गृह मन्त्रालयले पुस ४ गते अर्थात आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ।
सरकारले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकाका लागि बिदा दिएको हो। यद्यपि देशभरका सबै विद्यालयमा भने हाेइन। उक्त पर्व मनाउने समुदायहरुकाे लागि मात्रै सम्बन्धित समुदायका विद्यालयमा सार्वजनिक विदा दिइएकाे विज्ञप्ति मार्फत मन्त्रालयले स्पष्ट पारेकाे छ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पुर्णिमा) को अवसरमा सम्बन्धित समुदायका विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।