पुस १ सल्यान – माेटरसाइकल दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन।
छत्रेश्वरी गाउँपालिका ६ लान्ती स्थित पिपलनेटाबाट भाेटेचौर तर्फ आउदै गरेकाे रा ६ प ५२८५ नम्बरकाे माेटरसाइकल बिहीबार बिहान करिब ११:१५ बजेकाे समयमा दुर्घटना हुदा माेटरसाइकल चालक साेहि ठाउका ३२ वर्षिय दिलाेचन श्रेष्ठ गम्भीर घाइते भएकाे प्रहरी चौकी भाेटेचौरले बताएको छ।
घटनास्थलमा प्रहरी चौकी भाेटचौरबाट प्रहरी सहायक निरीक्षक दुर्गा गुरुङको कमान्डमा गएकाे तीन जनाकाे प्रहरी टाेलीले उद्दार गरि उपचारको लागि कान्तिपुर अस्पताल श्रीनगरमा ल्याएपनि त्यहा उपचार सम्भव नभएपछि श्री एयर लाइन्सकाे हेलिकप्टर मार्फत दिउसाे करिब १:५५ बजे काठमाडौ स्थित मेडिसिटी हस्पिटलकामा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए।
सडकमा हिलाे भएकाे हुदा माेटरसाइकल चिप्लिएर अनियन्त्रित भइ दुर्घटनामा परेकाे र माेटरसाइकल प्रहरीकाे नियन्त्रणमा रहेकाे प्रवक्ता प्रहरी निरीक्षक यादवले बताए।