मंसिर २८ काठमाडौ – महिला अधिकार मञ्च बाँकेले न्यायका लागि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेकाे छ। याे उनिहरुकाे दाेस्राे चरणकाे आन्दोलन हाे भने बुधबार सम्ममा २१ दिन बितिसकेको छ।
महिला अधिकार कर्मी बाँकेकि रुबी खानले सुरु देखि नै नेतृत्व गर्दै आएकि छन। न्यायकै लागि लडदै आएकाे याे टाेलीले अहिलेसम्म धेरै अन्याय खेप्नु परेकाे र सरकारकाे उदासीनले झन पीडा थपिएको उनिहरु बताउछन।
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परसपुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै निरन्तर न्यायका लागि आवाज उठाउदै सुतेकाे सिंहदरबारलाई ब्युझाउन आएकाे अधिकार कर्मि खानकाे नेतृत्वमा चौध जनाकाे टाेली निरन्तर दैनिक बिहान १० बजे देखि बेलुका ५ बजेसम्म माइतीघर मण्डलामा न्यायकाे आशामा छन।
उनिहरुकाे आन्दाेलनमा नागरिक समाज, अधिकारीकर्मी र सामाजिक अभियान्ताहरुले ऐक्यबद्धता जनाउदै आएका छ। बुधबार बिहान जुम मिटिङ मार्फत विभिन्न महिला अधिकारकर्मीहरु संग पनि छलफल भएकाे खानले बताइन। अहिलेसम्म सरकार पक्षले कुनै पनि सुनुवाइ गरेकाे छैन। खान सहितको टाेलीले मानवअधिकार आयाेग समक्ष पनि गुहार मागिसकेकाे छ। आयाेगले पनि आश्वासन दिएकाे भएपनि सरकार नै बेखबर जस्तो गरि गैरजिम्मेवार देखिएकाले पिडित माथि झन पीडा थपिएको महसुस भएकाे खानले जनसहारा अनलाइन संग बताइन।
महिला अधिकारकर्मीले राखेका मागहरु
१.राष्ट्रिय छानबिन समितिले गृहमन्त्री ज्यूलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् ।
२.निर्मला कुर्मीको सम्पत्ति छानबिनका लागि सी.आई. बी सहित विज्ञ टोली बनाई तत्काल निर्मला कुर्मी काे सम्पत्ति छानबिनका लागि पठाइयोस ।
३.निर्मला कुर्मी हत्याको पुन निष्पक्ष अनुसन्धान छिटो छरितो रूपमा गरियोस् ।
४. मुख्य अभियुक्तलाई अहिले सम्म संरक्षण गर्ने बाँकेका एस.पी श्याम कृष्ण अधिकारी तथा डी एस पी मधु सुदन न्यौपानेलाई तत्काल विभागीय कारबाही गरियोस् ।
जनसहारा अनलाइन संग कुरा गर्दै खानले भनिन् “बिहान १० बजेबाट हामिले अनिश्चितकालीन आन्दोलनकाे घाेषणा गरि धर्नामा छौ अहिलेसम्म सरकार पक्ष मौन छ। हामीलाई अन्य अधिकारकर्मी साथिहरुबाट पनि हौसलाकाे उर्जा मिलेकाे छ।´ जबसम्म न्याय मिल्दैन तब सम्म निरन्तर हामी यहि छौ।”
विधवा महिला निर्मला कुर्मी काे अपहरण, शरीर बन्धक कर्तव्य ज्यान मुद्दामा सत्य तथ्य छानबिनका लागि सरकारले पठाएको छानबिन समितिले सत्य तथ्य छानबिन गरी २०७८ कार्तिक १४ गृहमन्त्री समक्ष प्रतिवेदन बुझाइ सकेको छ। तर सरकारद्वारा उक्त प्रतिवेदन अहिले सम्म पनि सार्वजनिक नगरेकाे र कार्यान्वयन नगरिएको प्रती महिला अधिकारकर्मीहरुकाे आपत्ति जनाएका छन ।
उक्त प्रतिवेदन कार्यान्वयनका लागि गत कार्तिक २७ गते देखि दोस्रो चरणको आन्दोलन स्वरुप दैनिक एक घण्टा जिल्ला प्रशासन अगाडि धर्ना कार्यक्रम गर्दै आएकाे थियाे। पिडितले आठजनाकाे किटानी जाहेरी दिएकाेमा सात जना आरोपित पक्राउ परे पनि एकजना मुख्य अभियुक्त पूर्व सांसद बादशाह कुर्मी पक्राउ नपरेकाे भन्दै पिडित परिवार सहित महिला अधिकारकर्मी न्यायकाे लागि निरन्तर आन्दोलनरत छन।