मंसिर २८ सल्यान – ट्याक्टर दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ।

मंगलबार बिहान करिव ८ बजे बागचौर नगरपालिका १२ धुरा खर्क स्थित राेल्पा र सल्यानकाे सिमाना पर्ने भित्री ग्रामीण सडक खण्ड अन्तर्गत डलसिङ्गे बाट रुकुम झुलनेटा तर्फ आउदै गरेकाे रा १ त १६९८ नम्बरकाे ट्याक्टर दुर्घटनामा पर्दा ट्याक्टर मालिक तथा चालक गंगादेव गाउँपालिका वडा नम्बर ४ गैरानेटाका ४८ वर्षिय गंज बहादुर डागीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सामान छाेडेर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेकाे हाे। दुर्घटना भएपछि गम्भीर घाइते भएका डागीलाई उपचारकाे लागि लैजादै गर्दा बाटाेमै मृत्युु भएपछि परिवारले शव घरमा लिएकाे खबर प्रहरीलाई आएपछि इलाका प्रहरी कार्यालय सिमाखाेलीबाट प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर चन्दकाे कमान्डमा चार जनाकाे प्रहरी टाेली घटनास्थल पुगेकाे थियोे।

दुर्घटनाकाे कारण भने अझै खुल्न सकेकाे छैन। जनसहारा अनलाइन संग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक श्याम प्रकाश यादवले भने; “उहाँ एक्लै ट्याक्टरमा रहेकाे बुझिएकाे र दुर्घटनाकाे कारण अझै खुलेकाे छैन अनुसन्धान भइरहेको हुदा थप विवरण आएपछि मात्रै एकिन हुन्छ।”

थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक सुशील थापा मगरकाे कमान्डमा SOCO सहितकाे पाँच जना प्रहरी टाेली खटाइएकाे निरीक्षक यादवले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार