मंसिर २६ गते – रोल्पा – १० दिने फाेटाे सहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ बाट रोल्पाको सुनछहरी गाउँपालिकामा २ सय ७७ जना मतदाता थपिएका छन्।

१ सय ११ जना महिला र १ सय ६६ जना पुरुषले मतदाता नामावली दर्ता गरेका मतदाता स्थल व्यवस्थापक बलराम पौडेलले जानकारी दिए। फोटो सहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तर्गत सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा मंसिर १७ गते देखि २६ गते सम्म १० दिन चलेको कार्यक्रमको आयोजना जिल्ला निर्वाचन कार्यालय रोल्पाको रहेको थियो।

उक्त कार्यक्रमबाट गाउँपालिकाको वडा नम्बर १ सेरमबाट १४ जना,वडा नम्बर २ भित्रीगामबाट ९ जना,वडा नम्बर ३ बाहिरीगामबाट ४ जना,वडा नम्बर ४ स्युरीबाट ५० जना, वडा नम्बर ५ जैमाकसलाबाट १२६ जना, वडा नम्बर ६ फगामबाट २ जना र वडा नम्बर ७ जेलबाङबाट ७२ जनाले मतदाता नामावली दर्ता गरेका व्यवस्थापक पौडेलले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार