मंसिर २५ काठमाडौ – नेपाली कांग्रेसकाे सभापतिमा ६ जना नेता भिडने भएका छन। शेरबहादुर देउवा, डा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन। देउवा र काेइराला भने प्यानल नै बनाएर लडदै छन।
देउवाले आफ्नो टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई चयन गरेका छन। महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, आठ सह-महामन्त्री र खसआर्य तर्फ महिला कोटाको सह-महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा रहेका छन।
खस आर्य तर्फको सह-महामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सह-महामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिम तर्फको सह-महामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सह-महामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको निजि सचिवालयले जनाएको छ।
त्यस्तै खस आर्य तर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन र गोविन्दबहादुर शाह अछाम छन भने महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौं, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई चयन गरिएको बताइएको छ।
शेखर काेइरालाकाे प्यानल तर्फ काे काे छन ?
रामचन्द्र पौडेल सभापतिको उम्मेदवारबाट पन्छिएपछि कोइरालालाई समुहमै जान ढाेका खुलेकाे हाे। कोइरालाको टिमबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीमा चयन भएका छन।
सह–महामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल र थारुबाट तेजुलाल चौधरीकाे नाम छ।
जनजाति र पीछडिएको क्षेत्रबाट सह-महामन्त्रीको उम्मेदवारबारे पनि छलफल चलिरहेको छ।ति नेताका अनुसार अरु पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाउने काम भइरहेको छ। कोइरालाको टिमबाट उपसभापतिमा चन्द्र भण्डारीको नाम निश्चित जस्तै छ । अर्का उपसभापतिमा रामशरण महत र महेश आचार्यमध्ये एक जना तय गर्ने विषयमा अझै टुंगो लागेकाे छैन।