मंसिर २४ दाङ – जीपले माेटरसाइकललाई ठक्कर दिदा एक जनाकाे मृत्यु भएको छ।
रा १ च ३८५ नम्बरको जीपले घोराही उपमहानगरपालिका १६ मा विपरित दिशाबाट आउदै गरेकाे रा ४ प ४०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा माेटरसाइकल चालक घोराही उपमहानगरपालिका १६ का ४३ वर्षीय युवराज चन्दकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।
ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेकाे प्रहरीले बताएको छ।