मंसिर २३ काठमाडौ – आज मात्रै याे समाचार तयार पार्दा सम्म देशका विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परि ५ जनाकाे मृत्यु भएको छ भने कम्तीमा २० जना भन्दा बढी घाइते भएका छन।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मे नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घटनास्थलमा खुदीको प्रहरी चौकीबाट प्रहरी टाेली पुगेकाे छ। प्रहरीका अनुसार जिप ग्रामीण भित्री सडक अन्तर्गत सिमपानीबाट पिस हिलतर्फ तिर्थयात्री लिएर जाँदै गर्दा दुर्घटनामा परेकाे हाे। साघुराे कच्ची सडकृ घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ।

त्यस्तै बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिर नजिक ट्रक दुर्घटना हुदा दुई जनाकाे घटनास्थलमै मृत्यु भएको छ।

नेपालगञ्जबाट हुम्लाका लागि छुटेको भे१ ख ३४६८ नम्बरको ट्रक दुर्घटनामा परेकाे हाे। दुर्घटनामा परि मृत्यु हुनेमा ट्रक चालक र सहचालक रहेका छन। बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेका छन। ट्रक सडकबाट करिब ५०० मिटर तल खाेचमा खसेकाे छ। दुर्घटना स्थल निकै भिरालाे रहेकाले उद्दार गर्न ढिलाे भएको अहिले शवकाे पाष्टमार्टम गर्ने तयारी भएकाे जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले बताए।

त्यसैगरी पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ जयश्री पुल नजिकै यात्रु बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। दाङबाट काठमाडौँका लागि छुटेकाे ना ७ ख ४०३८ नम्बरको बस आज बिहान चार बजेतिर पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ जयश्री पुल नजिकै दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बस अनियन्त्रित भई सडकबाट अन्दाजी २८ फिट तल खसेकाे थियो। घाइते १५ जना मध्ये पूर्वी नवलपरासीको गैंडाकोटकी ४ वर्षीया बालिका पार्वती उपाध्याय, गैंडाकोटकै दयाराम शर्मा, प्रदीप तिवारी, काठमाडौं सीतापाइलाका प्रकाश घिमिरे, दाङका लिला कुमालकाे अवस्था गम्भीर रहेकाे र बाकी सबै सामान्य घाइते भएका छन। अहिले सबैकाे पुरानो मेडिकल कजेजमा उपचार भइहरेको छ। बस अनियन्त्रित भइ दुर्घटना भएकाे र चालक फरार रहेकाे इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएकाे छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार