मंसिर २१ मकवानपुर – अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ७ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साेमबार राति करिब ११:४० बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी गाउँपालिका वडा नं. ८ स्थित मनहरी खोलाबाट नदि जन्य पदार्थ उत्खनन गर्दै गर्दा नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले नियन्त्रण लिएका ट्याक्टर मध्ये ना. ५ त ९५४४, ना. ६ त ४७९०, ना. ५ त ७११२, ना. ६ त २९१७, ना. ५ त ५१३४, ना. ६ त ५२३७ र ना. ५ त ७०३१ नं. को ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागी मनहरी गाउँपालिकाको कार्यालयलाई जिम्मा लगाइएको छ।
साथै यस कार्यालय तथा मातहत समेतबाट २०७८ साल मंसिर १ गते देखि हाल सम्म अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने यी ७ सहित जम्मा ३२ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।