मंसिर २० काठमाडौ – नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले आफु पुर्णरुपले पार्टी राजनितीमा लाग्नको लागि महासंघको पदबाट राजिनामा दिने बताएकी छन् ।

नेपाल पत्रकार महासंघको विधानमा पार्टीको कुनैपनि कार्यकारी पदमा वा कुनैपनि विभागमा बस्न नपाउने प्राबधान रहेको छ। अहिले धमाधम विभिन्न पार्टीका अधिवेशन चलिरहेकाे बेला धेरै पत्रकारहरु होमिए पछि महासंघले विज्ञप्ति जारी गर्दै कुनैपनि पार्टी वा भातृ संगठनको विभाग वा समितिमा रहि काम गरेमा महासंघले स्पष्टीकरण सोध्ने , निलम्बन गर्ने वा सदस्यता समेत खारेज गरिदिने चेतावनीसमेत दिएको हो।त्यसको कार्यन्वयन अधिकारीबाट भएको छ। महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेकि बाला अधिकारी नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा गृह जिल्ला ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधि भएपछि केन्द्रीय सदस्य उठ्ने तरखरमा लागेकी छिन। अधिकारीले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत आफू महासंघको नेतृत्वमा नबसे पनि हमेशा पत्रकारहरुको हकहितमा भने लागिरहने बताएकी छन।

जनसहारा अनलाइन संग कुरा गर्दै अधिकारीले भनिन्; “अहिले मैले निर्वाचनमा जित्छु भनेर हैन, म बच्चै देखि राजनितिमा थिए,२०४७ सालमा आठ कक्षा पढ्दा नेबिसंघको इकाइ उपाध्यक्ष भएर काम गरेकि हु।पत्रकारिताको राजनिति पेशागत हो तर हाम्रो अन्तिम गन्तब्य भनेको पार्टी राजनिति नै हो त्यसैले मैले राजनीतिमा जाने निर्णय गरे।”

अधिकारी विगत २३ वर्ष देखि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा पनि आवद्ध छिन। युनियनको ललितपुर शाखा सदस्य हुँदै सचिव, कार्यवाहक अध्यक्ष र केन्द्रीय उप-महासचिव र अहिले केन्द्रीय उपाध्यक्ष समेत छन। २३ वर्ष संगठनको नेतृत्वको अनुभवले निखारिएकी अधिकारी एक जुझारु र कुशल नेतृहुन। नेपाली कांग्रेसको १२ औ महाधिवेशन, १३ औ महाधिवेशनमा आफ्नो भुगोलबाट महासमिति सदस्यमा विजयी भएकी अधिकारी नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा पनि आफ्नो भुगोलबाट महाधिवेशन प्रतिनिधि भएर आएकी छन। यसरी आफ्नो भुगोलबाट तिन तिन पटक महाधिबेशन प्रतिनिधि जितेर आएकी उनि नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्ने योग्यता राख्छिन र उनको दाबी स्वभाबिक छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार