मंसिर २० रूकुम (पश्चिम) – जन्ती सवार बस दुर्घटना हुदा २५ जना घाइते भएका छन।

बाफीकोट गाउँपालिका २ दुई पिपलबाट दुलही लिएर रूकुमको मुसिकोट घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस साेमबार बेलुका साढे ७ बजेतिर मुसिकोट नगरपालिका वडा नम्बर २ बरेलीबजार नजिकै दुर्घटनामा परेको हाे। बस सडकबाट करिब १०० मिटर खसेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका  प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए।

दुर्घटना परेका मध्ये अहिलेसम्म २५ जना घाइतेलाई उद्दार गरि जिल्ला अस्पताल पठाइएको छ जस मध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाले अस्पतालकाे समन्वयमा रिफर गर्नुपर्ने देखिएकाे र उद्दारकाे काम जारी रहेकाले थप विवरण आउन बाकी रहेकाे प्रहरी निरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार