मंसिर २० प्युठान –  टिपरको ठक्करबाट अटोमा सवार बाबुछाेरकाे घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान नगरपालिका ३ घुर्चनेका ३५ वर्षिया अमृत थापा र उनका ४ वर्षीया छोरा शुसान्त थापा रहेका छन। भने अटाेमा सवार ४ जना घाइते भएका छन। प्युठान नगरपालिका ३ की ८ वर्षिया दुर्गा थापा, साेहि ठाउँका ३० वर्षिया पुनम थापा , १६ वर्षिया विपना थापा र १० वर्षिया शुष्मा थापा रहेका छन। उनिहरुको अहिले जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको दुईजनाकाे अवस्था गम्भीर देखिएकाले बाहिर रिफर गर्नुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

चकचकेबाट बिजुवार तर्फ जाँदै गरेको ना.८ ख ३९०३ नम्बरको टिपरले जुम्रीबाट रिजर्वमा स्वर्गद्वारी तर्फ जाँदै गरेकाे रा. १ ह ५७०७ नम्बरको अटोलाई माण्डवि गाउँपालिका-५ स्थित चकचके – चेरनेटा सडकखण्डमा दुर्घटना भएकाे हाे।

घटनास्थल पुगेकाे प्रहरीका अनुसार त्यहा प्रत्यक्षदर्शीले देखे अनुसार अटो अनियन्त्रीत पहिले पल्टिएकाे त्यहि समयमा तिव्र गतिमा विपरित दिशाबाट आएको टिपरले अटाे किचेकाे बुझिएकाे प्रहरी नायव उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार