मंसिर २० काठमाडौ – नेपालमा पनि ओमिक्रोन भेरिअन्ट फेला परेकाे छ। ओमिक्राेन सङ्क्रमित दुई जना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
सोमबार दिउसाे पत्रकार सम्मेलन मार्फत मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए।
ओमिक्राेन भेटिएकाे देशबाट आएकाहरुलाई परिक्षण गरिएका मध्ये मंसिर ७ गते परीक्षण गरिएका दुवै जनामा संक्रमण भेटिएको हाे। नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको प्रवक्ता अधिकारीले बताए। अहिलेसम्म याे भेरिअन्ट विश्वका ४० भन्दा बढि मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।