मंसिर १५ राेल्पा – सुनछहरी गाउँपालिका र आईएन एफ रोल्पा शाखाको आयोजनामा विपद प्रतिकार्य कार्यदलहरुको लागि तीन दिने प्राथमिक उपचार सम्बन्धि तालिम गाउँपालिकाको केन्द्र पोबाङमा आज उद्घाटन गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो। तीन दिन सम्म चल्ने तालिममा गाउँपालिकाको सातै वडाका विपद व्यवस्थापन प्राथमिक उपचार कार्यदलका संयोजकहरु, नेपाल रेडक्रस सोसाइटी उप-शाखा पोबाङका सभापति खिमबहादुर बिष्ट, इलाका प्रहरी कार्यालयका प्रतिनिधि र स्वास्थ्य चौकी पोबाङका प्रतिनिधिहरुको सहभागिता रहेको छ।

तालिमको प्रमुख प्रशिक्षक आई एन एफ नेपाल पोखराका परियोजना अधिकृत ज्योती बहादुर क्षेत्री र गाउँपालिका स्वास्थ्य संयोजक जगत बुढाले गरिरहेका छन। उद्घाटन कार्यक्रमको स्वागत आई एन एफ पोबाङ शाखाका योजना अधिकृत तिलक भण्डारीले गरेका थिए भने कार्यक्रमकाे संचालन स्वास्थ्य संयोजक जगत बुढाले गरेका थिए।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार