मंसिर १५ काठमाडौ – सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेकाे छ।
हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भएपनि भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ।