मंसिर १४ काठमाडौ – नेपाल प्रहरीमा अब नया तिनवटा पद थप हुने भएका छन। याे संगै तल्लो दर्जाका प्रहरीलाई थप हौसला र उर्जा तथा पाेत्साहन पनि हुने भएको छ।
गृहमन्त्री बालकृष्ण खाँडले पेश गरेको ‘प्रहरी ९ औं संशोधन नियमावली २०७८’ लाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको संगै नयाँ पद थप गरि कार्यनयनमा आउने भएका हुन।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा तीन पद थप गर्ने निर्णय गरे अनुसार वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हाे। मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त नियमावली राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने गृहमन्त्रालयले जनाएको छ।