मंसिर १४, चितवन – नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । भुसालले ७२५ मत ल्याएर पराजित भएका हुन् ।

त्यस्तै अष्टलक्ष्मी शाक्यले सर्वाधिक १९७६ मत ल्याएकी छन भने सुरेन्द्र पाण्डेले १९२५‚ सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् ।

योसँगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी शर्मा ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेदवारी दिएका भुसाल पराजित भएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार