मंसिर १४ राेल्पा – दुवै मृगौला फेल भएर पीडित बनेका रामसिंङ बिश्वर्कमा बचाउ अभियान चलाउदै पत्रकार चेतमान बांठा र बिरेन्द्र घर्ती ले रोल्पा को होलेरी बाट अभियान सुरु गरेका छन

रोल्पा को रुन्टिगढि गा. पा वडा नं. ५ जस्पुर निवासी ३१ बर्षीय रामसिङ बिश्वर्कमाको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।

३१ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लगाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

बुवा मुमानसिह बिश्वकर्मा र आमा धनसरी बिश्वकर्माको कान्छो छोरा रूपमा जन्मिएका रामसिंङ बिश्वर्कमा लोकदोहोरी गायक, डिजिटल मिडिया पत्रकार दाङ जिल्ला एसोसियसन सदस्य, लोक तथा दोहोरी गीत प्रतिस्ठानको सह-सचिब,र स्वर्गद्वारी एफ.एमका कुशल कार्यक्रम सन्चालक हुन ।

केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित रामसिंङ सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।

नेपाल भारत मैत्री हस्पिटल तथा चेष्ट सेन्टर काठमाडौंमा उपचार गरिरहेका रामसिंङ को आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । उन को उपचार को लागी सम्पर्क मोबाइल नं. 9860207171 र 9742252101 मा सम्पर्क गरि सहयोग अपिल गरेका छन।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार